सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । उच्च अदालत जनकपुरले चर्चित पात्र रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगको आरोपबाट सफाइ दिएको छ। जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै अदालतले बम्जनसहित अन्य दुई जना अभियुक्तलाई पनि निर्दोष ठहर गरेको हो।
न्यायाधीश खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले फैसला गर्दै बम्जन, ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई बाल यौन दुराचारको आरोपमा सफाइ दिएको हो। ज्ञानबहादुर र डिगबहादुरले यसअघि जिल्ला अदालत सर्लाहीबाट नै सफाइ पाएका थिए, भने रामबहादुरलाई भने दोषी ठहर गर्दै कैद सजाय सुनाइएको थियो।
जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगको मुद्दामा १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। अदालतले पीडितको बयान, प्रमाण र अनुसन्धानको आधारमा दोषी ठहर गरेको थियो।
तर उक्त फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन गरेपछि सो फैसलालाई उल्ट्याइएको हो।
उच्च अदालत जनकपुरको इजलासले उपलब्ध प्रमाण, अभियोजनको आधार, र बयानहरूलाई मूल्यांकन गर्दै ‘यथेष्ठ प्रमाणको अभाव’ देखाएको जनाएको छ। अदालतले अभियुक्तहरूविरुद्ध ठोस प्रमाण नदेखिएको भन्दै उनीहरूलाई दोषमुक्त गरेको हो।
रामबहादुर बम्जन आफूलाई ‘शान्ति बालक’ वा ‘बुद्धको अवतार’ भन्दै लामो समयदेखि चर्चा र विवादमा रहँदै आएका व्यक्ति हुन्। उनको नाम विभिन्न आपराधिक आरोपहरूमा समेत समय–समयमा जोडिँदै आएको छ, जसले धार्मिक, सामाजिक र कानुनी क्षेत्रहरूमा समेत बहसको विषय बनाउँदै आएको छ।
यसपटकको फैसलाले कानुनी दृष्टिकोणले नयाँ मोड त दिएको छ नै, साथै सामाजिक रूपमा पनि पुनः विवाद उत्पन्न गर्न सक्छ भन्ने अनुमान गरिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा