सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्। पार्टी सभापति रवि लामिछाने पार्टीमा पुनः फर्किएको दिनमै उनले राजीनामा बुझाएकी हुन्।
रास्वपाका एक नेताका अनुसार श्रेष्ठले सभापति लामिछानेलाई व्यक्तिगत रूपमा राजीनामा पत्र बुझाएकी हुन्। “उहाँ पहिले नै राजीनामा दिने तयारीमा हुनुहुन्थ्यो, तर सभापति हिरासतमा रहेकाले तत्काल नदिएको बताउनुभएको छ,” ती नेताले जानकारी दिए।
श्रेष्ठले हालसम्म सार्वजनिक रूपमा राजीनामाबारे कुनै धारणा व्यक्त गरेकी छैनन्। तर स्रोतका अनुसार, उनी संसद्मा केन्द्रित रहन चाहने र पार्टीभित्र “एक व्यक्ति, एक पद” को सिद्धान्त कार्यान्वयन हुनुपर्ने मान्यता राख्ने भएकाले पदबाट अलग हुने निर्णय लिएकी हुन्।
रास्वपामा पछिल्ला दिनमा सहकारी प्रकरणका कारण नेतृत्वमाथि प्रश्न उठ्दै आएको छ। श्रेष्ठ निकट स्रोतका अनुसार, “पदमा टाँसिएर बस्नुको कुनै औचित्य छैन। बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्ने भन्दै उहाँले जिम्मेवारी छाड्नुभएको हो।”
रास्वपाले आज (बिहीबार) केन्द्रीय समिति बैठक बोलाएको छ। यस बैठकमा श्रेष्ठको राजीनामा र पछिल्ला विवादहरू मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा