सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । पोकोम्याटद्वारा आयोजना गरिएको पहिलो पोकोम्याट एसइइ फूटसल कप २०२५ भव्य रूपमा सुरु भएको छ । कार्यक्रमका अध्यक्ष राजकुमार गुरुङको नेतृत्वमा सुरु भएको यस प्रतियोगितामा ६६ टिम सहभागी भएका छन् ।
प्रतियोगिता बी–फिट फूटसल मैदानमा सञ्चालन भइरहेको छ, जसका खेलहरू चैत २८ गते देखि सुरु भइसकेका छन् । विशेष कुरा त के भने, पोकोम्याटको स्थापना भएको ८ वर्ष पुगेको उपलक्ष्यमा, सहभागिता शुल्क पनि प्रतिकात्मक रूपमा रु. ८ मात्र राखिएको छ ।
आयोजकहरूका अनुसार, ‘८ वर्ष भएकाले ८ रुपैयाँ“ भन्ने भावनात्मक सन्देशसहित यो शुल्क निर्धारण गरिएको हो ।
एसइइ परीक्षामा सहभागी विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गरिएको यो प्रतियोगिता शारीरिक विकाससँगै डिजिटल शिक्षाको महत्त्वबारे चेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको हो ।
पोकोम्याटका निर्देशक राजकुमार गुरुङले प्रतियोगिता विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली, अनुशासन र प्रविधिमैत्री भविष्य तर्फ उन्मुख गराउने विश्वास व्यक्त गरेका छन् ।
प्रतियोगिताको पहिलो पुरस्कार नगद रु. १०,०००, मेडल र प्रमाणपत्र र कम्प्युटर कोर्समा १००% छात्रवृत्ति र दोस्रो पुरस्कार, नगद रु. ६,००० मेडल र प्रमाणपत्र कम्प्युटर कोर्समा ५०% छात्रवृत्ति रहेको छ भने सहभागी प्रत्येक विद्यार्थी खेलाडीलाई कम्प्युटर कोर्समा २०% छुट प्रदान गरिनेछ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा