सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा पछिल्ला तीन कारोबार दिनमा सुनको मूल्यमा लगातार वृद्धि हुँदै ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेर १ लाख ८५ हजार रुपैयाँ पुगेको छ। यो नेपाली इतिहासमा अहिलेसम्मकै उच्च मूल्य हो।
महासंघका अनुसार बिहीबार मात्रै सुन ५ हजार ७ सय रुपैयाँले बढेको थियो, जसअनुसार मूल्य १ लाख ८१ हजार १ सय रुपैयाँ कायम भएको थियो। त्यसभन्दा अघिल्लो दिन बुधबार सुन २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४ सय रुपैयाँ मा कारोबार भएको थियो।
यसरी पछिल्ला तीन दिनमा मात्र सुनको मूल्य जम्मा ११ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ।
यसअघि, चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन त्यसबेला सम्मकै ऐतिहासिक उच्च मूल्य मानिएको थियो। त्यसयता घट्दो क्रममा रहेको सुन मूल्य फेरि तीव्र रूपमा वृद्धि भएको देखिएको छ।
यसैबीच, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। बिहीबार प्रतितोला १ हजार ९ सय रुपैयाँ मा कारोबार भएको चाँदी आज १ हजार ९ सय ५ रुपैयाँ पुगेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा