सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईलाई भारतको आसाम राज्यबाट आज नेपाल ल्याइँदैछ। भारतको आसाम राज्यको प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर उनलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल भित्र्याउने तयारी गरिएको हो।
प्रसाईलाई केही बेरमा भारत–नेपाल सीमा नाका मेची पुल हुँदै नेपाल ल्याइने तयारी छ। मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरू उपस्थित रहेका छन्। नेपाल प्रवेश गरेपछि उनलाई झापाको भद्रपुर विमानस्थलमार्फत काठमाडौं पठाइने कार्यक्रम रहेको छ।
१५ चैतको प्रदर्शनमा प्रसाई नेतृत्वको समूहले काठमाडौंको विभिन्न क्षेत्रमा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेको आरोप छ। सरकारी तथ्यांक अनुसार, प्रदर्शनका क्रममा विभिन्न सार्वजनिक तथा निजी सम्पत्तिहरू गरी ४० भन्दा बढी संरचनामा क्षति पुगेको थियो। घटनापछि उनी फरार भएका थिए।
प्रसाईमाथि शान्ति भंग, सार्वजनिक सम्पत्ति क्षति, सरकारी काममा बाधा तथा हिंसात्मक गतिविधिमा संलग्नतासम्बन्धी अभियोगहरूमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
प्रसाईको सचिवालयले भने अहिले केहीबेरमा कानुनविद् मानवाधिकार कर्मी तथा कुटनैतिक नियोगका प्रतिनिधिहरूको रोहबरमा नेपाल प्रहरीको जिम्मा लगाउने कार्यक्रम रहेको जनाएको छ । उनलाई झापाको भद्रपुर विमानस्थल बाट आजै बिहान ९ बजेको विमान बाट काठमाण्डौ ल्याउने कार्यक्रम रहेकोले अहिले बिहान ९ बजेर ३० मिनेट सम्ममा त्रिभुवन विमानस्थलमा आइपुग्ने बताएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा