सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६७० दशमलव ७० विन्दुमा झरेको छ ।
कारोबार रकम भने बढेको यसदिन आज ३२१ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै रिद्धि विद्युत कम्पनिको ३५ करोड ९४ लाखको शेयर किनबेच भयो ।
आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ ।
यसदिन बोटलर्स नेपाल ९बालाजु० कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा