सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २८ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई तत्काल निलम्बन गरी छानबिन गर्न पाँच कर्मचारी संगठनले संयुक्तरुपमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ज्ञापनपत्र बुझाएका छन्।
चैत २१ गते भएको घटनामा पाण्डेले मेयर बालेन शाहको आदेश भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा प्रवेश गर्न रोक लगाएका थिए। सो घटनालाई ‘अमर्यादित र अनुशासनहीन’ भन्दै कर्मचारी संगठनहरूले गम्भीर आपत्ति जनाएका छन्।
ज्ञापन बुझाउने संगठनहरूमा स्थानीय तह कर्मचारी युनियन नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघ छन्।
संयुक्त ज्ञापनपत्रमा घटनाको सत्यतथ्य बाहिर ल्याउन तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरिएको छ। साथै, महानगर प्रहरी ऐनअनुसार प्रमुख पाण्डेलाई तत्काल निलम्बन गरी अनुशासन उल्लंघनको जिम्मेवारी तोक्नुपर्ने भनिएको छ।
पछिल्ला घटनाक्रमले काठमाडौं महानगरपालिकाभित्र आन्तरिक समन्वयको अभाव देखाएको छ। कार्यपालिका (मेयर) र प्रशासकीय नेतृत्वबीच देखिएको मतभेद र आदेश–पालनासम्बन्धी विवादले संस्थागत मर्यादा र कार्यसम्पादन प्रक्रियामा असर पार्न सक्ने देखिएको छ।
महानगरले अझै औपचारिक रूपमा यस विषयमा प्रतिक्रिया दिएको छैन।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा