सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २८। पियोर इनर्जी लिमिटेडले आज चैत २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ लाख ९५ हजार २०० कित्ता साधारण शेयर निष्काशन गरेको हो।
यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरिसकिएको र त्यसको बाँडफाँट सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।
सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आईपीओ बैशाख २ गतेसम्म खुला रहनेछ भने सो अवधिमा आवश्यक संख्यामा आवेदन नपरेमा बैशाख ११ गतेसम्म म्याद थपिनेछ।
कम्पनीले केयर रेटिङ नेपालबाट ‘CARE NP Double B Plus’ इस्यूअर रेटिङ प्राप्त गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ।
पियोर इनर्जी लिमिटेडले १०–१० मेगावाट क्षमताका दुई सौर्य ऊर्जा आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
लगानीकर्ताहरूले आवेदन दिनको लागि सि-आस्बा प्रणालीमार्फत मेरो शेयर पोर्टल वा आफ्ना बैंक तथा वित्तीय संस्थाहरूमा सम्पर्क गर्न सक्नेछन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा