सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते राजसंस्थाको पुनः स्थापनाको माग गर्दै आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक झडपमा परिणत भएको घटनाको छानबिनका लागि देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन गरिएको छ।
यो आयोग संयुक्त जनआन्दोलन परिचालन समितिको निर्णयअनुसार गठन गरिएको हो। समितिका प्रवक्ता स्वागत नेपालले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा आयोगको गठनबारे जानकारी दिइएको छ।
चैत १५ गतेको दिन राजधानीको तीनकुने क्षेत्रमा राजसंस्थाको पक्षमा प्रदर्शन गरिँदै थियो। आयोजकहरूका अनुसार कार्यक्रम पूर्णतया शान्तिपूर्ण रूपमा सञ्चालन हुने भनिएको थियो। तर, प्रहरीले बल प्रयोग गरेको र केही प्रदर्शनकारीहरूले पनि ढुंगामुढा गरेपछि अवस्था बिग्रिएको जनाइएको छ। घटनामा दर्जनौं सर्वसाधारण घाइते भएका छन् भने केहीलाई पक्राउ गरिएको छ।
कार्यक्रममा सहभागिहरूले प्रहरीको अत्यधिक बल प्रयोगका कारण मानवअधिकार हनन भएको आरोप लगाएका छन्। यही आरोपको सन्दर्भमा स्वतन्त्र छानबिनको माग बढेपछि नागरिक समाज, पूर्व सुरक्षाकर्मी, र प्राज्ञिक व्यक्तित्वहरू सम्मिलित आयोग गठन गरिएको हो।
नागरिक छानबिन आयोगमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई समावेश गरिएको छ। आयोगमा रहेका सदस्यहरू यस प्रकार छन्:
देवेन्द्रलाल नेपाली – अध्यक्ष (नागरिक अगुवा)
रविराज थापा – पूर्व एआइजी (नेपाल प्रहरी)
डा. रामप्रसाद उप्रेती – मानवअधिकार विज्ञ
डा. ज्ञान बस्नेत – संविधानविद्
हरि कट्टेल – पत्रकार तथा विश्लेषक
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा