सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २५ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै सरकारले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी दिएको छ।
शनिबारदेखि कार्यान्वयनमा आएको यो निर्णय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशनमा गरिएको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ अनुसार बैंकको नेतृत्व खाली नरहोस् भन्ने उद्देश्यले तिम्सिनालाई अस्थायी रूपमा गभर्नरको जिम्मा दिइएको हो।
यद्यपि सो ऐनमा कार्यवाहक गभर्नर तोक्ने स्पष्ट व्यवस्था नरहे पनि परम्पराअनुसार वरिष्ठ डेपुटी गभर्नरलाई यस्तो जिम्मेवारी दिइँदै आएको छ।
राष्ट्र बैंक ऐन अनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा कम्तीमा एक महिना अघिनै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान भए पनि यसपालि सो प्रावधानको पालना भएको छैन। त्यसैले सरकारले बैंकको नेतृत्वमा निरन्तरता दिन तात्कालिक रूपमा कामु गभर्नरको व्यवस्था गरेको हो।
ढुङ्गाना तिम्सिना लामो समयदेखि नेपाल राष्ट्र बैंकमा सेवा दिँदै आएकी अनुभवी अधिकारी हुन्। अब नयाँ गभर्नर नियुक्त नभएसम्म उनी नै बैंकको नेतृत्व सम्हाल्नेछिन्।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा