सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा चैत्र १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकका शोकमा रहेका परिवारलाई शान्तवाना दिन शुभेच्छुकदेखि विशिष्ट व्यक्तिहरुको भीड देखिएको छ ।
ताहचलस्थित निवासमा किरियामा बसेका आफन्त र परिवारजनलाई समवेदना प्रकट गर्न र मृतक रजकप्रति श्रद्धान्जली व्यक्त गर्न विशिष्टहरुको भीड लाग्ने गरेको छ । आइतबार पनि कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरु रजक निवास पुगेका छन् ।
शुभेच्छुकहरुले रजकको परिवारलाई उचित क्षतिपूर्ति तथा मृतक रजकलाई सहित घोषणा गर्नुपर्ने माग समेत गरिरहेका छन् । उक्त प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका रजकको पोस्टमार्टम जलेर मृत्यु भएको पुष्टि भइसकेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा