सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको जनप्रदर्शन तथा बृहत आमसभालाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ।
समितिका कार्यवाहक संयोजक जगमान गुरुङले आज एक विज्ञप्ति जारी गर्दै राप्रपाले अघि सारेको “अवस्था बदल्न व्यवस्था बदलौं” भन्ने नारासहितको आन्दोलनप्रति समर्थन रहेको जनाएका हुन्। साथै, उनले राजसंस्था पुनःस्थापनाका लागि हुने शान्तिपूर्ण आन्दोलनमा राष्ट्रवादी तथा देशभक्त नागरिकहरूलाई सक्रिय सहभागिताको आह्वानसमेत गरेका छन्।
गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नवीन राजनीतिक समझदारीका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा चैत २६ गते काठमाडौं, भृकुटीमण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन रहनेछ। राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रूपमा सहभागिता जनाइदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं।”
यसअघि समितिले चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा भएको जनप्रदर्शनलाई पनि समर्थन जनाएको थियो, जसमा राप्रपाको समेत सहभागिता थियो।
राप्रपाले अहिलेको राजनीतिक व्यवस्थामा आमूल परिवर्तनको आवश्यकता औंल्याउँदै वैकल्पिक राजनीतिक धारको खोजी गर्नुपर्ने भन्दै आन्दोलनको तयारी गरेको जनाएको छ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा