सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विश्व हिन्दु महासंघका सदस्य एवम कलाकार मदनदास श्रेष्ठले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा रामनवमी पर्व र हिन्दु महासंघको ४५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उनले विश्वभरका छरिएर बसेका सनातन हिन्दु समाजलाई एकताबद्ध गर्ने अभियानमा महासंघ जुटेको भन्दै सबैलाई यसमा जोडिन आग्रह गरेका हुन् ।
उनले भने, ‘विश्व हिन्दु महासंघ नेपाल अधिराज्यभर र विश्वभरका छरिएर बसेका ओमकार परिवार र सनातन हिन्दु समाजलाई एकताबद्ध गर्न, हिन्दु धर्मको संरक्षण, संवद्र्धन गर्न साथै विकासका लागि महासंघले काम गरिरहेको छ । सबैजना एक साथ एक मन–तन भएर पुनः नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा जुट्नुपर्छ ।’
यसको साथै, उनले आदर्श पुरुष राम पृथ्वीमा आएपछि र असत्यमाथि सत्यको जित भएको आजको दिनमा विश्व हिन्दु महासंघको स्थापना भएकाले कार्यक्रम गरिएको बताए ।
सोही क्रममा राजसंस्था पुनस्थापना र हिन्दु राष्ट्र स्थापना अभियानमा सक्रिय रमा सिंहले नेपालमा हाल राजनीतिक व्यवस्था एवम सामाजिक व्यवस्था बिग्रिदै गएकाले त्यसलाई सुधार गर्न हिन्दु राज्य स्थापना हुनुपर्ने बताइन् ।
उनले भनिन्, ‘अहिले नेपालमा जुन राजनीतिक व्यवस्था छ, जुन प्रकारले सामाजिक व्यवस्था बिग्रिदै गएको छ । यसलाई सुधार गर्नुपर्छ । सनातनी धर्मको मर्यादामा नेपाललाई स्थापित गर्नुपर्छ भन्ने अभियान चलाइएको छ । यस्तो अभियान नै हाम्रो रामराज्यको परिकल्पना हो ।’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा