सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपालमा भएका स्रोतको सहि सदुपयोग गर्नु पर्ने बताएका छन् ।
बिहिवार कर्पोरेट नेपालेको वार्षिकोत्सवको अवसरमा आयोजित ‘कर्पोरेट लिडर्स क्यारिकेचर २०२५’ कार्यक्रममा बोल्दै उनले नेपालसँग प्रसस्त स्रोत भएको र सहि सदुपयोग गर्नुपर्ने बताएका हुन् ।
‘हामीसँग स्रोत छ, स्रोतको परिचालन सहि सदुपयोग गर्नुपर्ने छ । जिम्मेवारीमा बसेर काम गर्न सक्यौ भने हाम्रा तमाम समस्याहरु अघि कुरा आयो जनताको वितृष्णा छ । त्यस्तो हैन अल्मलिएको हुन सक्छ । त्यो अल्मलिएकोलाई ट्राकमा ल्याउनुपर्छ । त्यो हामी सबैको दायित्व हो,’ उनले भने ।
उनले सबै कुरा सरकारको भर नपर्न र नागरिकको तहबाट पनि केही गर्नुपर्ने बताए ।
‘सबै कुरा सरकारले गर्दिन्छ भनेर बस्ने मान्यता पनि त्यती ठिक होइन । सरकारलाई सहयोग गर्छौ, सरकारले पनि गर्नुपर्छ । सरकारले गरेन भन्दै गर्दा मैले के गरे भन्ने कुराको ध्यान राख्न सक्यो भने मैले यो गरेको सरकारले यो गर्नुपर्छ भन्ने कुरा नागरिकको तहबाट सुरु गरियो भने मुलुक बनाउन धेरै बेर लाग्छ जस्तो लाग्दैन।’
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा