सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । युट्युब च्यानल गुड टिभी की सञ्चालिका गंगा लामालाई प्रहरीले पक्राउ गरेको छ। साइबर ब्यूरो स्रोतका अनुसार उनलाई काठमाडौंको पुतलीसडक क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले लामालाई विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको थियो। केही दिनअघि उनले आफ्नो युट्युब च्यानलमार्फत “बुवा र छोरी रंगेहात भेटिएपछि” शीर्षकमा सामग्री प्रसारण गरेकी थिइन्, जसले सामाजिक संजालमा व्यापक चर्चा पाएको थियो।
साइबर ब्यूरोका एक अधिकारीले भने, “अनुसन्धानका क्रममा उनले प्रसारण गरेको सामग्री कानुनी दायराभन्दा बाहिर जान सक्ने देखिएकाले उनलाई नियन्त्रणमा लिइएको हो।” प्रहरीका अनुसार लामामाथि साइबर अपराध ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने छ।
यस घटनाले युट्युब तथा डिजिटल मिडियामा सामग्री प्रकाशन गर्दा नैतिकता, सत्यता र कानुनी दायराको सीमा बारे पुनः बहस सुरु गराएको छ। डिजिटल माध्यमबाट सामग्री प्रसारण गर्दा कानुनी दायरा पालना गर्नुपर्ने विषयमा सरोकारवालाहरूले सचेत रहनुपर्ने प्रहरीको चेतावनी छ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा