सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ। “Think before you follow, wise money tomorrow” भन्ने मूल नारालाई आत्मसाथ गर्दै, बैंकले डिजिटल वित्तीय सेवा, जिम्मेवार वित्तीय निर्णय, र समग्र आर्थिक स्थायित्वबारे जानकारी दिने उद्देश्यले यो अभियान अघि बढाएको छ।
डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, Finfluencers (Financial Influencers) को प्रभाव, र Artificial Intelligence (AI) को प्रवेशले सर्वसाधारण, विशेष गरी युवाहरूलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको छ। यस सन्दर्भमा, कुमारी बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरी सचेतना अभिवृद्धि गर्न भूमिका निर्वाह गरिरहेको छ।
कार्यक्रम अन्तर्गत सहभागीहरूलाई बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिंदैछ। यस अभियानमार्फत, कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ।
२३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर, र ५४ शाखारहित बैंकिङ्ग इकाइहरू मार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गरिरहेको छ। बैंकले आगामी दिनहरूमा पनि वित्तीय साक्षरतासम्बन्धी सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा