सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । रामेछापमा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।
गत सोमबार गते साँझ रामेछाप नगरपालिका–२ देउरालीको सिरुवारी स्थित भिरपाखामा आगो लगाइरहेको अवस्थामा सोही स्थानका ७२ वर्षीय हरिबहादुर मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेको अनुसार मगरलाई अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा पठाइएको छ । सो कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्लाका सामुदायिक वनमा आगो लगाउने क्रम सुरु भएपछि प्रहरीले निगरानी बढाएको छ । सोही क्रममा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरबाट पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरू माथि पनि अनुसन्धान भइरहेको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा