सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रास्वपाका सांसद हरि ढकालले माउ पार्टीहरूले स्ववियू निर्वाचमा विद्यार्थीलाई उक्साएर पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको आरोप लगाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विद्यार्थी संगठनका माउ पार्टीहरुले युवा पुस्तालाई पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको बताएका हुन् ।
उनले भने, ‘यतिबेला स्ववियू चुनावको ताण्डव चलिरहेको छ । युवाविद्यार्थीहरु काटाकाट गरिरहेका छन् । दर्जनौं क्याम्पस तालाबन्दी भएको छ । विद्यार्थी संगठनका माउ पार्टीहरु विद्यार्थीलाई लडाउँदै, भिडाउँदै र उक्साउदै छन् । युवा पुस्तालाई पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिँदै छन् ।’
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा