सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह गोरखास्थित मनकामना मन्दिरमा पूजाअर्चना गर्न जाँदै छन्। उनका संवाद सचिव डा. फणीराज पाठकले बुधबार एक सूचना जारी गर्दै यसै साता पूर्वराजाले गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजाअर्चना गर्ने जानकारी गराएका छन्।
हालै भएका प्रदर्शनहरूबाट उत्साहित पूर्वराजा शाह र उनका समर्थक राजावादीहरूको गतिविधि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चासोको विषय बनिरहेका बेला उनी आफ्नो पुर्ख्यौली थलो गोरखा जान लागेका हुन्।
इतिहासअनुसार, गोरखनाथको आशीर्वाद र प्रेरणाले द्रव्य शाह र पृथ्वीनारायण शाहले विजय हासिल गरेको विश्वास गरिन्छ। हालको राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउँदै आएका पूर्वराजा शाह लामो समय पोखरामा बसेपछि अघिल्लो साता काठमाडौं फर्केका थिए।
पूर्वराजाको भव्य स्वागतपछि राजावादी समूह थप सक्रिय भएका छन्। राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उनीहरूले आगामी चैत्र १५ गते काठमाडौंमा ठूलो प्रदर्शनको तयारी गरिरहेका छन्।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा