सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई समितिको बैठक बस्दैछ ।
बुधबार कानून, न्याय तथा मानवअधिकार समिति को बैठकै बिहान ८ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान पौने ११ बजे बस्नेछ ।
बैठकमा शहरी विकास मन्त्रालयसँग छलफल गर्ने तयारी छ । छलफलका लागि उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीलाई बोलाइएको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा