सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनएमबि बैंकले वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नयाँ बचत योजना सुरु गरेको छ। यस योजनाले व्यक्ति तथा संस्थाहरुलाई हरित परियोजनाहरूमा लगानी गर्न प्रेरित गर्दै आर्थिक प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ।
बैंकका अनुसार, यो बचत खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत तथा वातावरणमैत्री परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ। यसबाट ग्राहकले आफ्नो बचतलाई हरित लगानीमा लगाउन पाउनेछन्, जसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ।
ग्रीन सेभिङ्स डिपोजिट खाताका ग्राहकहरूलाई विशेष सुविधाहरू प्रदान गरिनेछ। ग्राहकहरूले आकर्षक ब्याजदरको फाइदा लिन सक्नेछन् भने हरित ऋणहरूमा विशेष छुट पनि उपलब्ध हुनेछ। यसमार्फत बैंकले हरित अर्थतन्त्र प्रवर्द्धन गर्न योगदान पुर्याउने योजना बनाएको छ।
एनएमबि बैंकले सन् २०४५ सम्म नेपाललाई शून्य कार्बन उत्सर्जनयुक्त बनाउने लक्ष्यलाई समर्थन गर्ने बताएको छ। बैंकले वित्तीय सेवा मात्र नभई वातावरण संरक्षणमा समेत ध्यान दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
हाल बैंकले देशभर २०२ शाखा, १८७ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ। बैंकले आगामी दिनमा समेत वातावरणमैत्री योजनाहरू ल्याउँदै जाने जनाएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा