सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामेछापमा एक मात्र स्ववियु निर्वाचन हुने मन्थली सहिद स्मृति बहमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान भइरहेको छ ।
बिहान ८ बजेबाट क्याम्पस परिसरमा मतदान जारी छ । सो क्याम्पसमा स्नातक र स्नातकोत्तरका ५ सय बढी विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।
निर्वाचनमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल छुट्टाछुट्टै चुनाव लड्दैछन् ।
जिल्लामा स्ववियु निर्वाचन हुने एउटा मात्रै क्याम्पस भएकोले यो निर्वाचनलाई तीन प्रमुख राजनीतिक दलहरूले समेत प्रतिष्ठाको विषय बनाएका छन् । निर्वाचन स्थलमा तीनवटै प्रमुख राजनीतिक दलका नेताहरू समेत भेला भएका छन् ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा