सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘टपअप र फोनपे डाइरेक्ट’ गर्दा आइफोन १६ उपहार पाइने भएको छ । बैंकले एक अफर घोषणामार्फत यसबारे जानकारी गराएको हो ।
अभियानको मुख्य उद्देश्य राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्लेटफर्म मार्फत ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रेरित गर्नु भएको बैंकले जनाएको छ।
अभियानमा सहभागी हुन ग्राहकहरूले RBB Digital Sansar मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को Fonepay Direct कारोबार गर्नुपर्ने कारोबार पुरा गरी ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्न सक्ने बैंकले जनाएको छ ।
यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु. १०० को मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् । साथै, अभियानको अन्त्यमा, एक भाग्यशाली ग्राहकलाई नयाँ iPhone 16 उपहार जित्न सक्ने जनाइएको छ। चैत्र १ गतेदेखि सुरु भएको यो अभियान चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा