सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । जनकपुरधामको रामस्वरुप रामसागर बहुमूखी क्याम्पसमा स्ववियू चुनाबलाई लिएर विद्यार्थीहरुबीच उत्पन्न विवाद अझ सामाधान हुन सकेको छैन ।
विवाद समाधानका लागि निरन्तर कोसिस जारी नै रहेको छ । सो क्रममा विद्यार्थीहरुसँग वार्ता गर्न वार्ता समिति गठन गरिएको छ ।
सो वार्ता समितिको संयोजकमा प्राध्यापक संघ राराब क्याम्पस इकाइ समितिका सभापति मुक्तिनाथ साह, उपप्राध्यापक रेमन्त मोरबैता, उपप्राध्यापक रामसेवक ठाकुर, उपप्राध्यापक राजेश झा र उपाप्रध्यापक बिनिता ठाकुर रहेका छन् ।
क्याम्पस प्रमुख बसन्तकुमार कर्णले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरी वार्ता समिति गठनको जानकारी दिएका छन् ।
यता वार्ता समितिका सदस्य रहेका उपप्राध्यापक रेमन्त मोरबैताले विद्यार्थीसँग वार्ताका लागि म्यानडेड आफूहरुलाई नदिएकाले, मात्रै कमिटी गठन गर्दा वार्ता सफल हुन्छ त्यो भन्न सक्ने आधार नरहेको प्रतिक्रिया दिए । आफूहरु कसरी वार्ता गर्ने अहिलेसम्म बुझ्न नसकेको समेत उनले बताए ।
त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र सम्बन्धन प्राप्तसहित झण्डै चार सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ ।
विभिन्न विवादका विद्यार्थीहरुको मागका कारण ती ६२ मध्ये १३ आंगिक क्याम्पसमा चुनाव नहुने भएको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा