सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा आज बिहान ८:३० बजे आईपीओ बाँडफाँड गरिएको हो।
कम्पनीको आईपीओमा २० लाख ४८ हजार ५३८ जना आवेदकले आवेदन दिएका थिए। कुल २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन परेको थियो, जुन मागभन्दा १३.२७ गुणा बढी हो।
बिक्री प्रबन्धकका अनुसार प्राप्त आवेदनमध्ये १९ लाख ५५ हजार ६८५ आवेदकको आवेदन सदर भएको छ भने १० हजार १२६ आवेदन विभिन्न कारणले बदर गरिएको छ।
गोलाप्रथामार्फत बाँडफाँड गर्दा १ लाख ८४ हजार ५०० जना भाग्यशाली आवेदकले प्रतिव्यक्ति १० कित्ता शेयर प्राप्त गरेका छन्। बाँकी १७ लाख ७१ हजार १८५ जना आवेदक भने सेयर नपाएर खालीहात परेका छन्।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। कुल १८ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर जारी गरिएको हो।
यसको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। आईपीओको नतिजा लगानीकर्ताले मेरोशेयर वेबपोर्टल र बिक्री प्रबन्धकको वेबसाइटमार्फत हेर्न सक्नेछन्।
आईपीको नतिजा हेर्न यहाँ जानुहोस् :
१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.nimbacecapital.com/
२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा