सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । जनकपुरधाममा आगामी चैत १५ गतेदेखि तेस्रो ईन्टर कलेज क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।
चौथो संस्करणको बिवाइडी इन्टर स्कूल क्रिकेट प्रतियोगिताको सफलता र पहिलो र दोस्रो संस्करणहरूको उत्कृष्ट आयोजनासँगै जनकपुर स्पोट्र्स क्लब र न्यू भिजन नेपालको संयुक्त पहलमा तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।
आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी हुने कलेजहरूले चैत १३ गते भित्र आफ्नो टिम दर्ता गरिसक्नुपर्नेछ । प्रतियोगिता स्थानीय क्रिकेट खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने अवसरका रूपमा महत्वपूर्ण मानिन्छ ।
यसले उनीहरूलाई आगामी समयका प्रतिस्पर्धात्मक अवसरहरूका लागि तयार पार्ने छ । प्रतियोगिता रंगभुमी मैदान बार्हबिघामा आयोजित हुनेछ भने प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजक समितिले जनाएको छ।
प्रतियोगिता लिग चरणमा हुने खेलहरूसँगै उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू सेमिफाइनल र फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । विजेता टोलीलाई आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कारको व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।
यो प्रतियोगिता विशेष रूपमा जनकपुरधामका कलेज तहका विद्यार्थीहरूलाई खेलकुदमा सहभागी गराउन, उनीहरूको खेल प्रतिभालाई निखार्न र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको जनाइएको छ ।
आयोजक समितिले क्रिकेटप्रेमी दर्शकहरूलाई प्रतियोगिता हेर्न उपस्थित भई खेलाडीहरूलाई उत्साह प्रदान गर्न पनि आग्रह गरेको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा