सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । भक्तपुर सल्लाघारीमा रहेको राजर्षि गुरुकुलले विद्यार्थीहरुको बौद्धिक विकासका लागि सिर्जनात्मक कार्यक्रमहरुको आयोजना गरेको छ । गुरुकुलले वार्षिक कार्यक्रम अन्तर्गत ‘ओपन हाउस’ आयोजना गरेको हो ।
विद्यार्थीहरूमा निहित प्रतिभा प्रष्फुटन तथा उनीहरुको बौद्धिक विकास गर्ने हेतुले यस कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रवन्ध निर्देशक दिनेश भुसालले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीहरूले वर्षभरिमा गरेका शैक्षिक क्रियाकलापहरु साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका गतिविधिहरुपनि समावेश गरिएको निर्देशक भुसालले बताए ।
कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूले प्रस्तुत गरेको मस्तिष्क सम्बन्धी विशेष कार्यक्रमले विद्यार्थीहरुको मस्तिष्कलाई सक्रिय बनाउन र शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुगेको उनले बताए ।
कार्यक्रममा मस्तिष्कको संरचना र कार्यप्रणालीः विद्यार्थीहरुले मस्तिष्कका विभिन्न भागहरु जस्तै सेरिब्रल कोर्टेक्स, सेरिबेलम र ब्रेनस्टेमको मोडल बनाएर तिनको कार्यको व्याख्या गरिएको, स्नायु तन्तुहरु कसरी कार्य गर्छन् भन्ने विषयमा सचित्र व्याख्या गर्दै विद्यार्थीहरूले प्रत्यक्ष प्रयोगात्मक गतिविधि प्रस्तुत गरिएको कार्यक्रम संयोजक मुकेश दंगालले जानकारी दिए ।
‘कार्यक्रम अलिक पृथक नै थियो । विद्यार्थीहरुले मस्तिष्कलाई स्वस्थ राखुपर्ने खानपान, जस्तै ओमेगा–३ फ्याटी एसिडयुक्त खाना, सागसब्जी, मेवा, ओखर, तथा नट्सको महत्वबारे जानकारी दिने, मस्तिष्क सृजनात्मकता अभिवृद्धि गर्ने खेलहरू, मेमोरी गेम, ध्यान केन्द्रित गर्ने गतिविधिहरू, र द्रुत गणनासम्बन्धी खेलहरुको प्रदर्शनीले विद्यार्थीहरुमा असिमित फाइदा पुगेको,’ संयोजक दंगालले भने ।
कार्यक्रममा अभिभावकहरूलाई समेत सहभागी गराएर मेमोरी पावर जाँच गर्ने खेल खेलाइएको थियो । त्यस्तै जटिल गणितीय समस्या चाँडो समाधान गर्ने दिमागी खेल, मानव मस्तिष्क कसरी दृश्य भ्रामकताबाट प्रभावित हुन्छ भन्ने विषयहरु पनि देखाइएको थियो ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका शिक्षा संकायका एसोसिएट डिन प्रोफेसर डा।हेमराज काफ्लेले विद्यार्थीहरूको शैक्षिक सफलताका लागि किताबी ज्ञान मात्र पर्याप्त नहुने भन्दै उनीहरुलाई तार्किक, रचनात्मक र व्यावहारिक ज्ञान दिनुपर्ने बताए ।
उनले भने, ‘विद्यार्थीहरूको शैक्षिक सफलताका लागि किताबी ज्ञान मात्र पर्याप्त हुँदैन । उनीहरुलाई तार्किक, रचनात्मक र व्यावहारिक ज्ञान दिन यस्ता गतिविधिहरु अत्यन्तै उपयोगी छन् । मस्तिष्कसम्बन्धी यी प्रस्तुतिहरूले विद्यार्थीहरूमा अनुसन्धानमुखी सोच र सृजनशीलता विकास गर्ने अवसर प्रदान गर्छ ।’
सो अवसरमा आरजी च्याम्पियनसिप लिग २०२४÷२५ का विजयी विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो ।
विद्यालयका संस्थापक अध्यक्ष राजेश चौधरीले विद्यार्थीहरुलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै आगामी दिनमा पनि यस्ता प्रतिस्पर्धाहरूले विद्यार्थीहरूलाई अझ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
चौधरीले मस्तिष्क सम्बन्धी क्रियाकलापको महत्त्व दर्शाउँदै विद्यार्थीहरुलाई केवल किताबी ज्ञानमा सीमित नराखी, उनीहरूको सृजनात्मकता, तार्किक क्षमता, र व्यावहारिक जानलाई सशक्त पार्नुपर्ने बताए ।
विद्यालयका प्रवन्ध निर्देशक दिनेश भुसालले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटन हुने तथा अहिलेको प्रतिस्पर्धात्मक युग सापेक्ष जनशक्ति उत्पादन हुने कुरामा आफ्नो विचार राखेका थिए । उनले आगामी बर्ष अझै राम्रो थिमका साथ कार्यक्रम गर्ने जानकारी दिए । विद्यार्थीको समग्र विकासका लागि किताबी ज्ञानमात्र पर्याप्त नभएर अतिरिक्त क्रियाकलापले पनि साथ दिने बताए ।
त्यस्तै, विद्यालयका प्रधानाध्यापक लियोन श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक विकासका साथै सिर्जनात्मक क्षमताको अभिवृद्धि हुने कुरामा जोड दिएका थिए ।
सो अवसरमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूले विभिन्न किसिमका डान्स, म्यूजिक, कराते, गल्फ, स्केटिङ आदिमा सहभागी भई आफ्नो कला प्रदर्शन गरेका थिए ।
कार्यक्रममा विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित सम्बन्धी परियोजनाहरूको प्रदर्शनी गरिएको थियो । आरजी थ्र डी आड़ प्रोग्राम, ड्युक अफ एडिनबर्ग, म्यान्डरिन जस्ता सिकाइका विविध प्रविधिहरू समावेश थिए ।
विद्यार्थीहरूले आरजी पोडकास्टमा आगन्तुक तथा अभिभावकहरुलाई विभिन्न अन्तरक्रियाहरु राखेका थिए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा