सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।
आज बसेको बैठकमा गएका बैठकका निर्णयहरूको कार्यान्वयनको बारेमा जानकारी लिने र दिने काम भएको थियो । यस्तै वर्तमान राष्ट्रिय राजनीतिको बारेमा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले जानकारी गराएको रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले बताए ।
राष्ट्रिय महाधिवेशनको सम्बन्धित काम क्रियाकलाप के के हुँदैछ भन्ने कुराको जानकारी लिनु र दिनुका साथ केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको पनि झाले बताए ।
उनले संसदीय गतिविधि, अहिले भइराखेको अधिवेशनबारे दलका उपनेता विराज भक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारजीबाट जानकारी गराउने काम भएको पनि बताए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा