सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया तत्काल अगाडि बढाउन नेविसंघले माग गरेको छ ।
नेविसंघ क्याम्पस इकाइ अध्यक्ष दमै सिं तामाङ विकेशले निर्वाचन प्रक्रिया अविलम्ब सुचारु गरी मताधिकारको प्रयोग गर्न पाउनुपर्ने बताए ।
उनले विज्ञप्तिमा भनेका छन्,‘क्याम्पस प्रमुखले निर्वाचन समिति एव विद्यार्थी संगठनसँग वार्ता गरि निर्वाचन सुनिश्चित गर्न जोडदार माग गर्दछौं । यदी कुनै वहानामा निर्वाचन विथोल्ने इत्यादी कार्य गरेमा त्यसको परिणामको जिम्मा क्याम्पस प्रमुख स्वयमले लिनुपर्ने जानकारी गदाउँदछौं । २४ घण्टाभित्र निर्वाचन प्रक्रिया अगाडि नबढेमा क्याम्पस प्रमुखको राजीनामा माग गर्दछौं ।’
उक्त क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले निर्वाचनमा अवरोध गरेको नेविसंघको भनाइ छ । उक्त संगठनले विभिन्न वखेडा झिकेर निर्वाचनबाट भाग्न खोजेको नेविसंघका नेताहरुको भनाइ छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा