सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोटो जलाउने कार्यलाई पक्राउको आधार बनाउन नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रमा विरोधका विभिन्न रूप हुने भन्दै यस्तो कदम अनुचित भएको बताएका हुन्।
अध्यक्ष प्रचण्डले भने, “लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।”
उनको यो भनाइ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको प्रसंगसँग जोडिएको छ। बमले शनिबार हेटौंडामा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाएका थिए, जसका आधारमा आइतबार उनलाई पक्राउ गरिएको थियो।
प्रचण्डको अभिव्यक्तिपछि प्रहरीले यस मामिलामा कस्तो निर्णय लिन्छ भन्ने विषयमा चासो बढेको छ। यस घटनाले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा बहस समेत उत्पन्न गराएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा