सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो परम्परागत क्यालेन्डरलाई डिजिटल स्वरूपमा उपलब्ध गराउँदै ‘महालक्ष्मी क्यालेन्डर २०८२’ सार्वजनिक गरेको छ। बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक विशेष समारोहका बीच डिजिटल संस्करण सार्वजनिक गरिएको हो।
बैंकले आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने आफ्नो नीति अनुरूप डिजिटल क्यालेन्डर ल्याएको हो। यस क्यालेन्डरमा नेपाली परम्परा, चाडपर्व, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत, र अंग्रेजी संवतका मितिहरू समावेश गरिएको छ। बैंकका अनुसार, नयाँ डिजिटल संस्करण नेपाली संस्कृतिको प्रवर्द्धन तथा निरन्तरतामा टेवा पुर्याउने विश्वास गरिएको छ।
उक्त क्यालेन्डर बैंकको आधिकारिक वेबसाइट तथा तोकिएको लिंकमार्फत हेर्न र डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
https://www.mahalaxmibank.com/assets/backend/uploads/Calendar/table%20calendar%20without%20bleed%20small%20208211.26%20aa.pdf
साथै, डिजिटल बैंकिङ्ग सेवामा प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै, बैंकले हालै आफ्नो मोबाइल एप्लिकेसन परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ।
बैंकले प्रविधिमैत्री सेवाहरूलाई विस्तार गर्दै ग्राहकलाई अझ सहज, सुरक्षित र आधुनिक सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा