सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एमाले) सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन भनेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन भनेका हुन् ।
उनले भने, ‘नेपाल दक्षिण एशियामा गरिब छ । राजाको पालामा पनि त झन गरिब थियो । तपाईंहरु जुलुश निकाल्नुहुन्छ, राजावादीहरुको भनेर । त्यहाँ हेर्दाखेरी सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश, यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ? मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस् ।’
साथै उनले राजा महेन्द्रको पालामा (सक्रिय राजतन्त्र) कै पालामा नेपालको चुच्चे नक्शा हराएको आरोप लगाए. । राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्शामात्रै नभएर लोकतन्त्रपनि हराएको पन्तको टिप्पणी छ ।
उनले ज्ञानेन्द्र शाहको सक्रिय राजतन्त्रको पालामा भएका काण्डपनि याद गराए । उनले भने, ‘सभामुखज्यूको पनि गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु, अहिलेको संविधानले राजतन्त्र चिन्दैन् । त्यस विषयमा यो संसदभित्र छलफल गर्न पाईँदैन् । राजतन्त्र भनेको विशेषाधिकार हो, संसारको प्रवाह भनेको गणतन्त्र हो ।’
यसैगरी उनले राजनीति तथ्यमा, तर्कमा र यर्थाथमा उभिएर गर्योभने मात्र राजनीति टिकाउ हुने बताए ।
उनले भने, ‘राजनीति तथ्यमा, तर्कमा र यर्थाथमा उभिएर गर्यो भने राजनीति टिकाउ हुन्छ । भ्रमको खेतीले केही समय मानिसलाई झुक्याउन सकिएला, निराशाको खेतीले केही समय मानिसलाई अलमलमा पार्न सकिएला । तर सँधै अलमलमा पार्न सकिँदैन । अहिले देशमा भ्रम र निराशाको खेती व्यापक रुपमा चलेको छ ।’
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा