सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भरतपुर। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। बमलाई चितवन प्रहरीको सहयोगमा आज भरतपुर विमानस्थलबाट पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।
उनले शनिबार हेटौंडामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर जलाएका थिए।
बमले गणतन्त्रको विरोधमा नाराबाजी गर्दै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए।
उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंह लगायतका नेताहरूको उपस्थिति रहेको थियो। बमको गतिविधि राप्रपाले वर्तमान शासन व्यवस्थाको विरोधस्वरूप गरेको प्रदर्शनको हिस्सा भएको बताइएको छ। राप्रपाले निरन्तर रूपमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै आएको छ।
बमको पक्राउप्रति राप्रपा समर्थकहरूले विरोध जनाउँदै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहारको संज्ञा दिएका छन्। पार्टीका नेताहरूले बमको तत्काल रिहाइको माग गर्दै आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।
प्रहरी प्रशासनले बमविरुद्ध कुन कानुनी प्रक्रिया अघि बढाउने भन्ने विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन। तर, यो घटनाले नेपालमा अभिव्यक्ति स्वतन्त्रता र विरोध प्रदर्शनको सीमा सम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा