सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको निगमले जनाएको छ।
नयाँ मूल्य सूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ। यी स्थानमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा