सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार नेकपा माओवादी केन्द्रीय कार्यालय, पेरिस डाडामा धर्ना दिएको छ ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा, बुधबार एमाले कार्यालयमा धर्ना दिएका शिक्षकहरूले शुक्रबार माओवादी केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेका हुन् ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरूले चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन् ।
विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्ने आफूहरुको माग रहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।
उनले भने, ‘विगतमा पटक पटक आन्दोलन भएर सहमति भएका छन् । ति सहमतिहरुलाई सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्छ भनेर दबाब निर्माण गर्नका आन्दोलनमा छौं ।’
शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, बालविकास कार्यक्रम, विशेष शिक्षा र सरकारी तथा निजी विद्यालयबीचको भेदभाव हटाउनुपर्ने मागसहित महासंघ दोस्रो चरणको आन्दोलनमा छ ।
महासंघले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ ।
पार्टी कार्यालयहरूमा धर्नाको कार्यक्रमपछि सांसदहरूसँग भेटघाट तथा पक्षीकरण, काठमाडौंमा रिले अनसन र काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघको तयारी छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा