सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको आफ्नै नयाँ भवन निर्माण कार्यको शिलान्यास तथा भूमि पूजन सम्पन्न भएको छ।
जनकपुरधाम उपमहानगरपालिका–८, ज्ञानकुप संस्कृत विद्यालयको पूर्वपट्टी निर्माण हुन लागेको उक्त भवनको शिलान्यास मुख्यमन्त्री सतिश कुमार सिंह, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, र कार्यालय प्रमुख धनंजय कुमार सिंहसहितका पदाधिकारीहरूले हिन्दू विधिअनुसार गरेका छन् ।
शिलान्यास समारोहमा मुख्यमन्त्री सिंहले यातायात कार्यालयजस्तो अत्यधिक व्यस्त सेवा प्रदायक संस्थाको आफ्नै भवन नहुनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै नयाँ भवन निर्माण सुखद सन्दर्भ भएको बताए ।
साथै, उनले कार्यालयलाई गलत गतिविधि रोक्न र आफ्नै भवनबाट नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरे। आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियानलाई निरन्तरता दिने बताउँदै उनले एसईई परीक्षा प्रणालीलाई मर्यादित बनाउन केन्द्रित हुने जानकारी दिए ।
श्रम तथा यातायात मन्त्री रायले यातायात क्षेत्रमा व्याप्त बिचौलियाको दखल तथा दुरुपयोग रोक्न अत्याधुनिक ट्रायल सेन्टरसहितको भवन निर्माण हुन लागेको जानकारी दिए। उनले साउन महिनादेखि सो कार्य प्रारम्भ हुने बताउँदै नयाँ व्यवस्थाले नागरिकलाई सहज र वास्तविक सेवा प्राप्त गर्न मद्दत गर्ने उल्लेख गरे।
नयाँ भवन निर्माणका लागि सिता कुण्डका महन्त राम नरेश दासले एक बिघा जमिन दान गरेका छन्। उक्त जग्गामा आधुनिक ट्रायल सेन्टर समेत रहनेछ। शिलान्यास कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–८ का वडा अध्यक्ष दिनेश सिंह, कार्यालय प्रमुख सिंहसहितका व्यक्तिहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा