सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सवै मिलेर काम गर्नु पर्ने बताएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका १३ स्थित प्रादेशिक आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रिय आपतकालिन गोदामघरको रुपमा विकास गर्ने सरकारी योजना रहेको बताए ।
उनले वैदेशिक सहयोगबाट प्राप्त सामाग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालिन गोदामघरमा आवश्यक विपद सामाग्री उपलब्ध गराईने पनि बताए ।
सरकारले प्रदेशलाई हस्तान्तरण गरीएका आपतकालिन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अव प्रदेश सरकारको भएको उनले बताए ।
गृहमन्त्री लेखकले विपद्को समयमा प्रदेश सरकारसंगको समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।
त्यसक्रममा गृहमन्त्री लेखकले प्रादेशिक आपतकालिन गोदामघर मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गरे ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा