सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा प्रचण्डले सम्बोधनका लागि समय मागेपछि भोलिको बैठकमा उनलाई बोल्ने समय प्रदान गरिएको छ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रचण्डले भोलि संसद्मा बोल्नेगरी समय निर्धारण गरिएको जानकारी दिएका छन्। उनले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा