सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोहीपनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन् ।
सोमबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ नयाँ बानेश्वरमा रहेको शिद्धेश्वर महादेव मन्दिरको शिलान्यास गर्दै उनले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताए । त्यस्तै उनले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने पनि बताए ।
उनले तिनै तहको सरकार विधि र नियमअनुसार चल्नुपर्नेमा जोड दिए । ‘निर्वाचित हुँदैमा विधि र कानूनभन्दा माथि कोही पनि हुँदैन ।
जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ,’ उपप्रधानमन्त्री सिंहले भने,‘ स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबिच कम्युनिकेशन सही रुपमा नहुँदा समस्या आउने गरेको छ । जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ ।’
त्यस्तै, उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने पनि बताए । आफ्नै भोगाइले त्यस्तो निष्कर्षमा पुगेपछि समाजेसवाका लागि सशक्त माध्यम भएकाले राजनीतिमा आएको पनि उनको भनाई छ ।
‘राजनीतिमा आएको ठुलो मान्छे बन्न होइन । पदमा भएपनि नभएपनि केही छैन । प्राप्त अधिकार सुरक्षित र संस्थागत गर्दै नेपाली जनताको जीवन र जिविकोपार्जन सहज बनाउन दलहरु मिलेर काम गर्नुपर्छ,’ उनले भने । त्यस्तै, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले उपत्याकाको नदी प्रणाली सुधार गर्नुपर्ने भन्दै त्यसका लागि सबैको साथको आवश्यक्ता रहेको बताए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा