सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्ने भएको छ । आइतबार सतोषर पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि औरहीका लागि प्रस्थान गरेका छन् ।
धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली ११ औं दिन सतोषर पुगेको थियो भने आज १२औं दिन औरहीमा रात्री विश्राम गर्नेछन् ।
आज औरहीमा विशेष मेला आयोजना गरिएको छ । परिक्रमालाईमध्येजनर गर्दै औरहीमा परिक्रमाका श्रद्धालुहरुका लागि खाने, बस्नेलगायतको व्यवस्था गरिएको छ । परिक्रमा भोली करुणाका लागि निस्किने छ । त्यस्पछि विशौलमा एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्नेछ र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।
नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।
परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा