सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले हामी सबैको ध्यान महिला सहभागिता ५० प्रतिशत गर्ने तर्फ हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कानूनी रुपमा पुरुष र महिलाबीच कुनै विभेद नभए पनि वास्तविक रुपमा कार्यान्वयन हुन नसकेको भन्दै महिलाहरुको सहभागिता ३३ होईन ५० पु¥याउनुपर्ने बताए ।
उनले भने, ‘महिलाको समस्या महिलाको मात्र होईन, हाम्रो आमाको समस्या हो, हाम्रो दिदिबहिनीको समस्या हो, हाम्रो श्रिमती र छोरीको समस्या हो, त्यसकारण हामी सबै एकताबद्ध भएर काम गर्नुपर्छ । कानूनी अधिकारको कुरामा हाम्रो नयाँ संविधानले स्पष्ट रुपमा संविधानको धारा ३८ ले समानताको अधिकार दिईसकेको छ । अब पुरुष र महिलामा कानूनी रुपमा कुनै विभेद छैन, तर वास्तविक रुपमा हेर्दा अहिले पनि महिलाहरु ३३ प्रतिशतमा हुनुहुन्छ । तर हाम्रो लक्ष्य ५० प्रतिशतको हुनुपर्छ ।’
यस्तै, उनले दिदिबहिनी र छोरीहरुले हिम्मत गर्ने हो भने समानताको आधारमा अधिकार र व्यवस्था आउन धेरै समय नलाग्ने बताए ।
सोही कार्यक्रममा उपसभामुख इन्दिरा राणा मगरले सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको कुरा गरेर मात्र केही नहुने भन्दै त्यसको लागि नारी पुरुष एक भएर अगाडि बढ्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘हामी अनुशासित हुनुपर्छ । नारी एकताबद्ध हुनुपर्छ अनि मात्र समाज परिवर्तन हुन्छ । हामी सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको कुरा गर्छौं तर हामी खेल मात्र खेल्छौं परिवर्तन आजसम्म भएको छैन । हामीले नारी पुरुष एक भएर मात्र रुपान्तरण गर्न सक्छांै, यो समाज परिवर्तन गर्न सक्छौँ । केही महिलाहरु माथि पुग्दैँमा महिला सशक्तिकरण हुन सक्दैँन ।’
यसैगरि, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले महिलाहरुको सम्मानको कुरा गर्दा महिला भनेर पूजा गर्नुपर्ने नभैइ अपमान नगरे पुग्ने बताईन् ।
उनले भनिन्, ‘मैले महिलाहरुको सम्मानको कुरा गर्दा महिला भनेर पूजा गर्नु पर्दैन् । मात्र अपमान नगरे पुग्छ, म यो आग्रह पनि गर्न चाहान्छु । हरेक क्षेत्रमा चाहे त्यो कर्मचारीको क्षेत्रमा होस्, चाहे सुरक्षाकर्मी भित्रको होस्, घरमा काम गर्ने महिलाको कुरा मात्र होईन सबै महिलाहरुको सम्मानको कुरा हो । सम्मान भनेको कामले होईन हाम्रा नियत सफा हुनुपर्छ ।’
महिलाको बारेमा एक दिन मात्र कुरा गरेर नहुने भन्दै महिला हरेक हिसाबमा अगाडि बढ्न सक्ने अवस्था बनाउनुपर्ने उनको भनाई छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा