सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलामा अटोमोबाइल्स सिप सिकेका प्रशिक्षार्थीहरुलाई ‘अन द जब टे«निङ्’ मा पठाउन व्यक्तित्व विकास कार्यशाला सञ्चालन गरेको छ ।
शुक्रबार राष्ट्रिय सभा गृहमा कार्यशाला सञ्चालन गरिएको हो । जसमा व्यक्तिगत विवरण (सिभी) राइटिङ्, अन्तर्वार्ता दिने कला, व्यवसायिक प्रवर्धन र प्रतिवद्धता, ‘अन द जब टे«निङ्’ मा जानेले पालना गर्नुपर्ने सर्तलगायत विषयमा कक्षा लिइएको थियो । महानगरपालिकाको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम कार्यान्वयन गर्ने क्रममा ‘अन द जब टे«निङ्’ कार्यक्रम सञ्चालन भएको हो ।
‘कार्यक्रममा रोजगार क्षेत्रका लागि आवश्यक पर्ने दक्षता बढाउन र रोजगार क्षेत्रमा पुग्न महानगरपालिकाले सहयोग गर्नेछ । रोजगारदाताको आवश्यकता अनुसारको व्यक्तित्व प्रशिक्षार्थीले प्रदर्शन गर्नुपर्नेछ ।’ सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘व्यक्तिले आर्जन गरेको ज्ञान, सिप र क्षमता सिभीबाट प्रदर्शन हुने र त्यहाँ दिइएको सूचनाको छुट्टाछुट्टै महत्व हुने भएकोले सिभीलाई तथ्यपरक बनाउनुपर्छ ।’
यसरी बनाइएको सिभीलाई अन्य क्षेत्रको रोजगारीमा जानका लागि पनि प्रयोगमा ल्याउन सकिन्छ । महानगरपालिकाले सहजीकरण गरिदिएको ठाउँमा १२ महिनाका लागि हो । यसमा ६ महिना अनिवार्य प्रशिक्षणमा रहनुपर्छ । यसपछि कार्य सम्पादनका आधारमा थप ६ महिना सोही स्थानमा नियमित गर्न सकिन्छ । यदि प्रशिक्षार्थीले अन्य उत्कृष्ट अवसर प्राप्त गरे भने जानबाट रोकिँदैन । झाको भनाइ थियो ।
त्यस क्रममा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले, महानगरपालिकाले थालेको यो अभ्यासलाई प्रशिक्षार्थीहरुले सफल बनाउनु हुनेमा विश्वाश रहेको धारणा राखे । यस्तै गौरव योजनाका फोकल पर्सन शान्ता पहाडीले, ‘अन द जब टे«निङ्’ कार्यक्रमपछि स्वरोजगार बन्न चाहनेका लागि महानगरपालिकाले सहयोग उपलब्ध गराउने योजना रहेको बताए ।
सिप मेला २०८१ मा १ सय जना सहभागीले अटोमोवाइल्स (अटो इलेक्ट्रिकमा ४० जना, इलेक्ट्रिकल भेहिकल (इभी) मा ६०) जनाले तालिम पूरा गरेका थिए । उनीहरुलाई महानगरपालिकाले सम्पर्क गरेर रोजगार, स्वरोजगारका विषयमा जानकारी लिँदा करिब ५० प्रतिशतमध्ये कोही रोजगारीमा, कोही स्वरोजगारमा र कोही वैदेशिक रोजगारीको प्रक्रियामा रहेको जानकारी प्राप्त भयो ।
केहीले भने व्यवसायिक क्षमता बढाएर आफ्नै व्यवसायलाई उत्थान गरिरहेको सूचना दिए । ५१ जनाले ओजेटी (अन द जब टे«निङ्) मा रुचि देखाए । यसरी रुचि देखाउनेमध्ये ४७ जनाले कार्यशालामा आउन नाम दर्ता गराएका थिए । नाम दर्ता गराउनेमध्ये पनि कार्यशालामा ३० जनाले भाग लिएका थिए ।
सिप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको ‘अन द जब’ मा महानगरपालिका र चाँगुनारायण फाउन्डेसनसँग सम्झौता भएको छ ।
ओजेटी कार्यक्रममार्फत कार्यस्थलमा प्रशिक्षण गर्नेहरुले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्नेछन् ।
महानगरपालिकाले दक्षता अभिवृद्धि गराउने, प्राप्त दक्षतालाई प्रमाणीकरण गराउने, दक्ष जनशक्तिमा आउने वैदेशिक रोजगारीप्रतिको मोहलाई आन्तरिक उत्पादनमा रुपान्तरण गर्ने योजना बनाएको छ । शैक्षिक प्रतिष्ठानले उद्योग र पेशाको आवश्यकतासँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने कार्यक्रम, आधारभूत र विशिष्टकृत तालिमको पाठ््यक्रम निर्माणमा सहजीकरण गर्ने, औपचारिक शिक्षासँगै तालिम सञ्चालन गर्ने गराउने, तालिम पाएकाहरुलाई अवसर उपलब्ध गर्ने गराउने, आर्थिक गतिविधिमैत्री वातावरण सिर्जना गर्ने गराउने, लगानीका लागि सुरक्षित र उचित माध्यम उपलब्ध गर्ने गराउने वातावरणका लागि सहजीकरणको काम गरिरहेको छ ।
तालिम प्राप्त व्यक्तिहरुको श्रम बजारसँग सहज पहुँचका लागि सहजीकरण गर्ने, स्थानीय र विश्वव्यापी श्रम बजारका विषयमा तालिमसँगै शिक्षा प्रदान गर्ने महानगरपालिकाको योजनामा छ ।
महानगरपालिकाले उत्पादन गरेका दक्ष जनशक्तिलाई उचित रोजगारीको सम्भावनाका लागि साझेदारहरुसँग नियमित छलफल भइरहेको तालिम संयोजक देवेन्द्र के. सी. को भनाइ छ । अप्रमाणित दक्ष, प्रमाणित दक्ष, अप्रमाणित अर्धदक्ष तथा अदक्ष र प्रमाणित अर्धदक्ष तथा अदक्ष जनशक्तिको व्यावसायिक सिप परीक्षण, स्तर र योग्यता निर्धारण सहजीकरण सम्बन्धी कार्यक्रम नियमित चलिरहेका छन् ।
गएको वर्ष सम्पन्न सिप मेला
कार्यक्रमअन्तर्गत महानगरपालिकाले गएको वर्ष विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको थियो । ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिएका थिए । १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिएका थिए ।
तालिम सञ्चालनकै अवधिका निजी, उद्योग तथा वाणिज्य, शैक्षिक र सामाजिक क्षेत्र तथा दातृ निकायका प्रतिनिधिहरुसँग सिप मेलाबाट उत्पादन भएका सिपयुक्त जनशक्तिलाई रोजगारी उपलब्ध गराउने संयन्त्र निर्माणका लागि ‘नीति संवाद’, ‘अन्तरक्रिया’ र ‘रोजगार मेला’ आयोजना गरिएको थियो । २ दिन चलेको रोजगार मेलामा ७० भन्दा धेरै कम्पनी तथा संघसंस्थाका प्रतिनिधि आएर सिपयुक्त जनशक्तिसँग भेटेर कुरा गरेका थिए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा