सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय सङ्गठन र आन्दोलनसँग सम्बन्ध विस्तार गर्दै लगेको छ ।
पार्टीको सैद्धान्तिक र वैचारिक मान्यताअनुरुप विश्वमा स्थापित विभिन्न राजनीतिक दलहरुको संगठन र अन्तर्राष्ट्रिय आन्दोलनको सदस्यता प्राप्त गर्ने तथा आपसी सम्बन्ध बढाउँदै लगिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपा नेपालको अन्तर्राष्ट्रिय आन्दोलन र सङ्गठनसँगको सम्बन्ध विस्तारबारे पार्टी मातहत समिति र पार्टी सदस्यहरुलाई परिपत्रमार्फत जानकारी गराइएको प्रमुख बस्नेतले बताए ।
जसअनुसार विश्वमा स्थापित राजनीतिक दलहरुको एसियाली साझा संस्था ‘सोक्डेम एसिया प्यासिफिक’ को फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको स्टेरिङ कमिटिको बैठकले जसपा नेपाललाई सदस्यता प्रदान गरेको छ ।
त्यसैगरी चिलीको राजधानी स्यान्टीयागोमा सम्पन्न ‘प्रोग्रेसिव एलाइन्स’ को ग्लोबल कन्फेरेन्सबाट जसपा नेपालले सर्वसम्मतिबाट सदस्यता प्राप्त गरेको छ । ‘प्रोग्रेसिव एलाइन्स’ श्रमिक, सामाजिक लोकतान्त्रिक र समाजवादी पार्टीहरुको अन्तर्राष्ट्रिय सङ्गठन हो ।
यसले समानता, स्वतन्त्रता, सामाजिक न्याय र ऐक्यबद्धतालाई विश्वव्यापी अभियानको रुपमा कार्य गरिरहेको छ । उक्त सम्मेलनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापाको सहभागिता रहेको थियो ।
जसपा नेपाल समानता, स्वतन्त्रता, सामाजिक न्याय र समाजवादी लोकतन्त्रको आन्दोलनलाई अझ बढी सशक्त बनाउन कटिबद्ध रहेको बताइएको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा