सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ। विशेष गरी महिला उद्यमीलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यले ल्याइएको यो कर्जा योजनाले रोजगारी सिर्जना, सामाजिक विकास तथा स्थानीय समुदायको आर्थिक सशक्तिकरणमा योगदान पुर्याउनेछ।
बैंकका अनुसार यस योजनाले महिलाहरुलाई उद्यमशीलता विकासमा उत्प्रेरित गर्दै व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गर्नेछ। महिलाहरूको नेतृत्वमा सञ्चालन हुने कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रका घरेलु, साना तथा मझौला उद्योगहरूलाई विशेष प्राथमिकता दिइने छ।
यस योजनाअन्तर्गत, महिला उद्यमीलाई न्यूनतम ब्याजदरमा अधिकतम १० करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराइनेछ। साथै, कर्जा प्राप्त गर्न महिलाहरूको कम्तीमा ५० प्रतिशत स्वामित्व भएको व्यवसाय आवश्यक पर्नेछ। कर्जा योजनासँगै बैंकले उद्यमीहरुलाई डिजिटल उपहार समेत प्रदान गर्ने जनाएको छ।
ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र युरोमनी ‘अर्वाड फर एक्सलेन्स २०२४’ प्राप्त गरेको छ। मुलुकभर ७७ वटै जिल्लामा बैंकको उपस्थिति रहेको छ भने, ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा विदेशी प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ।
बैंकले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि सेवा विस्तार गर्दै संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशहरूबाट रेमिट्यान्स सेवा प्रदान गरिरहेको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा