सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लन्डन, एपी । लन्डनको एक अदालतले चिनियाँ विद्यार्थी झेनहाओ झोउलाई बेलायत र चीनमा कम्तीमा दश महिलालाई लागूऔषध खुवाएर बलात्कार गरेको आरोपमा दोषी ठहर गरेको छ। उनलाई जुन १९ मा सजाय सुनाइनेछ। प्रहरीको आशंका अनुसार ५० भन्दा बढी महिलाहरू उनको शिकार हुन सक्ने सम्भावना छ।
लन्डन क्राउन कोर्टले २८ वर्षीय झेनहाओ झोउले २०१९ देखि २०२३ सम्म यी अपराधहरू गरेका पुष्टि गरेको छ। अदालतले लन्डनमा तीन र चीनमा सात महिलालाई बलात्कार गरेको निष्कर्ष निकालेको छ।
सयौं पीडित हुन सक्ने आशंकाबीच प्रहरीले हालसम्म दुई जनाको मात्र पहिचान गर्न सकेको छ। अनुसन्धानका क्रममा झोउले यौन हिंसाका भिडियोहरू क्यामेरामा रेकर्ड गरेको तथ्य फेला परेको छ।
झोउ युनिभर्सिटी कलेज लन्डनमा मेकानिकल इन्जिनियरिङका पीएचडी विद्यार्थी थिए। उनले आफ्नो सबै यौन सम्पर्क सहमतिमा भएको दाबी गरे पनि न्यायाधीश रोजिना कटेजले उनलाई “खतरनाक र हिंसात्मक यौन अपराधी” को संज्ञा दिएकी छिन्। उनले झोउको सजाय निकै लामो हुने संकेत गरेकी छिन्।
पहिले नै झोउविरुद्ध अश्लील तस्बिर राखेको १० वटा मुद्दा लागिसकेको थियो। उनी WeChat र अन्य डेटिङ एपहरू प्रयोग गरेर चिनियाँ मूलका विद्यार्थीहरूसँग मित्रता गाँस्ने, त्यसपछि तिनलाई लन्डन वा चीनको अज्ञात स्थानमा बोलाएर लागूऔषध खुवाउने र बलात्कार गर्ने गर्थे।
अदालतले दोषी ठहर गरेपछि झोउले कुनै प्रतिक्रिया देखाएनन्। जुन १९ मा उनलाई कस्तो सजाय सुनाइन्छ भन्ने प्रतीक्षामा रहेको छ, साथै प्रहरी थप पीडितहरूको पहिचान गर्न प्रयास गरिरहेको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा