सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र गिनीका गैरआवसीय राजदुत अलासने कोन्टे, गणतन्त्र युगाण्डाका गैरआवसीय राजदुत जोइस काकुरामात्सी किकाफुण्डा, बोस्निया तथा हर्जगोभिनाका गैरआवसीय राजदुत हरिस हर्ले, गणतन्त्र ग्वाटेमालाका गैरआवसीय राजदुत ओमर लिसान्ड्रो कास्टानेडा सोलारेस, इटालीका गैरआवसीय राजदुत एन्टोनियो एनरिको बार्टोली र ग्रीसको गैरआवसीय राजदुत अलिकी कउटसोमिटोपोउलोउ (प्यगतकयmष्तयउयगयिग० ले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति थियो ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा