सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको आईपीओ बाँडफाँडपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरी जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको छ।
यसअघि, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै, कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर सुरक्षित गरिएको छ।
अब बाँकी रहेको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम मिति फागुन २६ गतेसम्म तोकिएको छ।
यस आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले तोकिएको मितिभित्र आवेदन दिनुपर्नेछ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा