सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल पानीजहाज कार्यालयका सिनियर डिभिजनल इन्जिनियर का.मु रजिष्ट्रार मणिराम भुषालले आन्तरिक जलमार्गको लागि सबैभन्दा ठूलो अवरोध वन क्षेत्र रहेको बताएका छन् ।
मंगलबार विधायन व्यवस्थापन समितिमा भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी छलफल कार्यक्रममा उनले मोटरबोटले वनमा कुनै असर नगर्ने हुँदा पनि वनलाई छुनै नहुने जस्तो कुरा गरेको भन्दै यो एकदमै ठूलो समस्या रहेको बताए ।
उनले भने, ‘आन्तरिक जलमार्गको लागि हाम्रो सबैभन्दा ठूलो अवरोध भनेको वनको हो । किनभने उहाँहरुले जलमार्ग हाम्रो हो भन्नु हँदोरहेछ । त्यसकारण यो एकदमै ठूलो समस्या हँदोरहेछ । बर्खामा ठूला ठूला बाढी आउँछ वनबाट नआइज भन्न मिल्दैँन् । मोटर बोटले त पानी हल्लाउने काम मात्रै गर्छ । तर वनलाई छुनै पाइदैँन् भन्ने जस्तो कुरा गर्नु भएको छ ।’
यसको साथै, उनले दुई छिमेकी देशले देश विकासका ठूला ठूला काम गर्दैगर्दा नेपाल एउटा सानो आर्थिक क्षेत्रको पाटोलाई पनि अगाडि बढाउन नसकेको बताए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा