सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौटहट । माझी समुदायले मनाउने कोशी (लदी) पूजाको अवसरमा चन्द्रनिगाहपुरमा मंगलबार सांस्कृतिक र्याली निकालिएको छ ।
चन्द्रपुर नगरपालिकाको विभिन्न स्थान परिक्रमा गरि चोकमा आएर कोण सभा भएको हो । कोण सभामा बोल्दै माझी समुदायका अगुवाहरुले आफ्नो सांस्कृतिक पर्व लोप हुँदै गएको र नयाँ पुस्तालाई थाहा नहुँदा यस बारेमा जानकारी दिनुपर्नेमा जोड दिए ।
साना बालबालिका देखि युवायुवती र वृद्धवृद्धाको र्यालीमा सहभागिता रहेको थियो । माझी समुदायको मौलिक पोशाकमा उपस्थित भएका उनिहरुले लदी पूजा सफल पारौं अङ्कितका प्लेकार्ड बोकेका थिए ।
चन्द्रपुरमा रहेका माझी समुदायले पनि कोशी (लदी) पूजा खोला तथा नदी किनारमा यो पर्व मनाएका हुन ।
विशेष गरि यहाको सिमरी खोला तथा नदी किनारमा यो पर्व मनाइएको छ । माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । लदी पूजाका लागि प्रत्येक घरबाट रकम र चामल संकलन गरी चामललाई महिला माझीहरूले जाँड(मुन) बनाउने गर्दछन् ।
लदी पूजाका दिन सामूहिक रुपमा नदी किनारमा महादेव, मसान, बज्रको साथै ठूलो कोशीको पूजा गरिन्छ । बज्रको पुजा गर्दा घरमा चट्याङले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायका अगुवा बताउँछन् ।
पूजामा राँगा, बोका, सुँगुर, कुखुरा, अण्डा लगायतका फुल अक्षताको प्रयोग हुन्छ । लदी पूजाको यो समयमा बोलचाल नभएका छरछिमेक दाजुभाइबीच पनि अनिवार्य रूपमा बोलचाल गर्नुपर्ने हुन्छ । यस कारण यसलाई मेलमिलापको पर्वको रूपमा पनि माझी समुदायले लिने गरेका छन् ।
यो पर्व माझी समुदायलेहरेक वर्ष फागुनको तेस्रो मंगलबार मनाउने गर्दछन ।कोशी (लदी) पूजाको अवसरमा चन्द्रपुर नगरपालिकाले मंगलवार एक दिन सार्वजनिक बिदा दिएको थियो ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा