सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कुमारी बैंक लिमिटेड र टंगाल, काठमाडौंस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार, कुमारी बैंकका ग्राहकहरूले के. ल्याबबाट प्रदान गरिने सेवाहरूमा आन्तरिक ल्याब परीक्षणमा २०% तथा बाह्य ल्याब परीक्षणमा १०% सम्म छुट पाउनेछन्। स्वास्थ्य सेवामा विशेष सहुलियत दिनका लागि बैंक र ल्याबबीच यो सहकार्य गरिएको हो।
बैंकका ग्राहकहरूले यो छुट प्राप्त गर्न के. ल्याबमा बैंकको ग्राहक हुनु प्रमाणित गर्ने आवश्यक पर्नेछ। कुमारी बैंकले स्वास्थ्य क्षेत्रमा यस्तो सुविधा दिनु ग्राहकहरूको स्वास्थ्य र वित्तीय सुविधामा सहजता ल्याउने लक्ष्य रहेको जनाएको छ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको कुमारी बैंकले आफ्ना ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग इकाइहरू मार्फत आधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकहरूको सुविधालाई ध्यानमा राखी, बैंकले आगामी दिनहरूमा पनि सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि विभिन्न क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा